गायक आनन्दले ल्याए ‘गोधूलि साँझैमा’

संगीत । लोकप्रिय गायक आनन्द कार्कीले नयाँ गीत ‘गोधूलि साँझैमा’ सार्वजनिक गरेका छन् । लामो समयदेखि नेपाली गायन क्षेत्रमा चलचित्र तथा आधुनिक गायनमा आफ्नो छुटै पहिचान स्थापित गरेका गायक कार्कीको सावर्जनिक गीतमा डन कार्कीको शव्द, युगेश कार्कीको प्रस्तुति, चाँद सिंहको संगीत तथा संयोजन रहेको छ ।

लोकलयमा आधारित डान्सिङ गीतमा गायक कार्की स्वयम् प्रस्तुत भएका छन् । गीतको भिडियोमा गायक कार्कीले आफ्नो अभिनय क्षमताका साथसाथै आफ्नो नृत्य क्षमता पनि देखाएका छन् । उनलाई भिडियोमा नायिका अनु शाहले साथ दिएकी छिन् भने छायाँकन उत्सव दाहाल, श्रृङ्गार विमला तामाङ, कोरियोगा्रफी राजकुमार दर्जी (एभरेष्ट राज), सहायक निर्देशन उषा मलाहा ‘ सिमरन ‘ र सम्पादन र निर्देशन राज कुमारको रहेको छ ।

प्रवासमा रहेर नेपाली गीत संगीतलाई माया गरि सांगितिक निरन्तरता दिईरहेका गीतकार डन कार्कीकै युट्युब च्यानल Don B Karki बाट भिडियो सार्वजनिक भएको छ ।

कमेन्ट गर्नुहोस्