असफल ‘इमर्जेन्सी’ र कंगना

फिल्म । बलिउडमा असफलताको शृंखला रोकिएको छैन । बलिउड अभिनेत्री तथा भाजपाकी सांसद कंगना रनौतको फिल्म ‘इमर्जेन्सी’लाई बक्स अफिसमा टिक्न मुस्किल भइरहेको छ । ओपनिङ डेदेखि नै हालसम्म दर्शकलाई तान्न फिल्मलाई गाह्रो भइरहेको थियो । विशेषत भारतीय पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीलाई गलत तरिकाले प्रस्तुत गरेकाले दर्शकले यो फिल्म हेर्न उत्साह देखाएनन् ।

फलत: फिल्म फ्लप भएको छ । फिल्मले बक्स अफिसमा पन्ध्र करोड भारूको हाराहारीमा कलेक्शन गरेको छ ।ओपनिङ डेमा फिल्मले साढे २ करोड भारु कमाएको थियो । तर दिनहुँ जस्तो यो रकम घट्दै गइरह्यो । यसको असफलताले पुनः कंगनालाई झट्का लागेको छ । उनी लगातार असफल भइरहेकी छिन् ।

फिल्म ६० करोड भारुमा बनेको थियो । यस अर्थमा फिल्मले अहिलेसम्म बजेटको एक चौथाइ मात्रै कमाउन सकेको छ । इमर्जेन्सीले कंगनाको फ्लप फिल्मको शृङ्खला तोड्ने अनुमान गरिएको थियो । तर यो फिल्मबाट पनि कंगनाले निराशा मात्रै हात पारेकी छिन् ।

कमेन्ट गर्नुहोस्