टेलिभिजन । पछिल्लो समय बलिउड सेलेब्सको लागि फेरी कपिल शर्माको शो प्रमोसन हब बनिसकेको छ । ‘द कपिल शर्मा शो’ मा प्रमोसन गर्नको लागि कलाकार हरेक हप्ता पुग्ने गरेका छन् । सलमान खानको साथ् पाएर शो ल्याएका कपिललाई लक लागेको छ । उनको स्टारडम बढ्दो छ । यसैले गर्दा कपिललाई फेरिपनि सेलेब्सको कमि छैन । यसै क्रममा कपिलको शो मा सुनिल ग्रोवर आउने चर्चा बढ्दो छ । केहि समय यता सलमान क्याम्पको कलाकारको रुपमा सुनिल चिनिए पनि टिभीमा उसको कमाल देखिएको छैन । सलमानसंग सुनिल फिल्म ‘भारत’ को क्रममा नजिकिएका हुन् ।
यसैले गर्दा सलमान नै निर्माता रहेको कपिल शर्मा शोमा सुनिल फर्किने चर्चा बढेको हो । जसलाई सार्वजनिक एक तस्वीरले झनै प्रस्ट्याएको छ । तस्वीरमा सुनिल , सलमान र कपिल देखिएका छन् । सलमानसंग सुनिल र कपिल देखिएको यो तस्वीर पछिल्लो समय सामाजिक सञ्जालमा भाईरल झैँ भई रहेको छ । तस्वीरलाई कपिल स्वयम्ले शेयर गरेका छन् । उनले लेखेका छन् ,’ब्रदर्स नाइट ।’ साथै , उनले सुनिललाई मेन्सन पनि गरेका छन् । यो तस्वीर सार्वजनिक भएसंगै सुनीललाई शोमा सहभागी गराउन दर्शक तथा श्रोताले कपिललाई आग्रह गर्दै मेन्सन समेत गरेका छन् । सुनिल र कपिल सलमानका भाइ सोहेल खानको जन्मोत्सवमा एकसाथ एकै फ्रेममा कैद भएका हुन् । (एजेन्सी)
एउटै फ्रेममा कपिल र सुनिल

कमेन्ट गर्नुहोस्