यस्तो बन्यो ‘जानी नजानी’ ट्रेलर (भिडियो)

फिल्म । आउदो फिल्म चैत्र १ मा रिलिज हुने फिल्म ‘जानी नजानी’ को ट्रेलर सार्वजानिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मको कथासार र क्यारेक्टरलाई परिचित गराइएको छ । लिडकलाकार मनिष श्रेष्ठ , नम्रता श्रेष्ठ , सन्नी सिंहसँगै डेब्यु गर्ल निरिशा बस्नेतको परिचयसँगै यिनको क्यारेक्टरलाई प्रस्ट्याइएको छ । फिल्ममा मनिषले देव , निरिशाले मीरा , सन्नीले चिराग र नम्रताले वर्षाको भूमिका निर्वाह गरेका छन् । लभ स्टोरी रहेको फिल्म यी चारकै वरपर घुमेको छ ।फिल्म पूर्णतया लभ स्टोरी रहेको डेब्यु निर्देशक बसन्त अधिकारीले बताएका छन् । धेरै सफल फिल्ममा मुख्य सहायक निर्देशकको रुपमा काम गरिसकेका अधिकारी यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन ।

आधुनिक प्रेम कथामा आधारित फिल्मको कथा , पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । फिल्ममा प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । ‘मेरो टाइम र टिम सहि पर्यो त्यसैले गर्दा डेब्यु गरे’ निर्देशक अधिकारी भन्छन् ‘फिल्मले अहिलेको युवा पुस्ताको कथालाई रिलेट गर्छ साथै यसमा प्रेमसँगै दायित्व पनि छन् ।’ फिल्मका लेखन सामिप्य पनि फिल्मलाई लिएर आशावादी छन् । ‘फिल्ममा पनि प्रेमकथा मियोको रुपमा रहेको छ तर यसको दायाबायाँ राष्ट्रियता र युवापुस्ताले लिनुपर्ने जिम्मेवारीका कुरा पनि छन्’ सामिप्य भन्छन ‘फिल्मले व्यापार व्यवसायमा नयाँ पुस्ताको सोचलाई पनि प्रतिबिम्बित गर्ने प्रयास गरेको छ ।’

फिल्मले मनोरञ्जनसँगै सन्देश पनि दर्शकले पाउने निर्माता रोशनीको विश्वास छ । ‘फिल्मले आधुनिक पुस्ताको प्रेम कथालाई बोकेको छ’ उनि भन्छिन ‘फिल्म मेकिङमा कुनै सम्झौता गरेका छैनौ ।’ फिल्मको छायाँकन नेपालको रमणीयस्थलसँगै भारतको मनालीमा समेत भएको छ । उनले यस अघि डाक्टर खाते फिल्म निर्माण गरिसकेकी छिन , जसले अन्तराष्ट्रियस्तरमा थुप्रै अवार्ड प्राप्त गर्नुका साथै आफ्नो उपस्थिति समेत जनाएको थियो । फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् ।

फिल्ममा कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ भने यसको सार्वजनिक फस्टलुक पोष्टरलाई कलर ब्लाइन्डले तयार परेको हो । फिल्ममा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।

कमेन्ट गर्नुहोस्