सकियो ‘तेलभिसा’

फिल्म । शंकर घिमिरेको निर्देशन तथा निर्माणमा तयार भइरहेको फिल्म ‘तेलभिसा’ को छायांकन सकिएको छ । अमेरिकामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन गरिएको फिल्म ३५ दिनमा पुरा भएको हो । ‘विष’, ‘विरताको चीनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’ लगायतका फिल्म निर्देशन गरिसकेका घिमिरे बाह्र वर्षपछि पुनः निर्देशनमा कमब्याक गर्दैछन् ।

विदेशिएका छोराछोरी र आमा बुवाको कथा भनिएको फिल्ममा विपिन कार्की दोहोरो भूमिकामा छन् । उनले बुवा र छोरा दुवैको भूमिका निर्वाह गरेका छन् । फिल्ममा प्रवासमा रहेका छोराछोरीले बुवाआमालाई आफ्नो छोराछोरी स्याहार गर्न बोलाउने प्रवृतिलाई व्यंग्य गरिएको छ । फिल्ममा वर्षा राउत, ऋचा घिमिरे, पुजा चन्द र बुद्धि तामाङको मुख्य भुमिका रहेको छ ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ ।

कमेन्ट गर्नुहोस्