फिल्म । साउथ इण्डियन अभिनेता प्रभास बाहुबली सिरिज मार्फत चर्चामा आए । यसैले गर्दा यिनको पहिचान त बढ्यो नै यिनको गतिविधिले बलिउडमा पनि उत्तिकै चर्चा पाउछ । यी प्रभास यतिबेला फिल्म साहोको रिलिजमा व्यस्त छन् । पछिल्लो समय बाहुबली स्टारर अनुष्का शेट्टीसँग नै प्रभासको अफेयरको खबरले मिडियामा राम्रो चर्चा पाइरहेको छ । यी दुइले धेरै फिल्म एकसाथ गरिसकेका छन् भने प्रेममा रहेको चर्चा भइनै रहन्छ । यी दुइले इभेन्टमा देखाउने सामिप्यताले प्रेम रहेको चर्चालाई थप बल दिने गर्छ ।

यसलाई थप मदत पुग्ने गतिविधि गर्दैछन् , प्रभास । उनले अनुष्काको लागी आफ्नो फिल्म ‘साहो’ को स्पेसल स्क्रिनिङ राख्ने भएका छन् । फिल्ममा अनुष्का रहने चर्चा चलेता पनि उनि अटाइनन् । यसैले गर्दा पनि प्रभासले स्पेसल ट्रिट दिदैछन् । फिल्म रिलिजपछि यी दुइले विवाह गर्ने चर्चा पनि चलिरहेको छ ।
उनको विवाहबाट पर हटेर साहोको चर्चा गर्ने हो भने फिल्म तिन भाषा तमिल , तेलगु र हिन्दिमा रिलिज हुनेछ भने यसलाई सुजीथले निर्देशन गरेका हुन् । फिल्ममा प्रभाससँगै श्रद्धा कपूर , ज्याकी श्राफ लगायतका कलाकारको पनि अभिनय रहेको छ । (एजेन्सी)










