यसकारण प्रदीपले रोजे उज्वल !

67 Shares

फिल्म । प्रदीप खड्का पछिल्लो समय फिल्म ‘लभ स्टेसन’ को प्रमोसनमा व्यस्त छन् । आउँदो चैत्र २२ मा रिलिज हुने फिल्मको ट्रेलर सार्वजनिक भैसकेको छ । सार्वजनिक ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको छ । यसफिल्मलाई उज्वल घिमिरेले निर्देशन गरिरहेका छन् । तर फिल्म घोषणा हुँदा भने निर्माता गोविन्द शाही र प्रदीप मात्र फाइनल थिए । त्यसपछी टिममा उज्वल भित्रिएका हुन् । सुरुवाती दिनलाई सम्न्झिदै प्रदीपले भने ‘निर्देशकको खोजिमा उहाँको नाम आयो तर सबैले डेन्जर है भन्नु भयो’ उनि भन्छन् ‘फिल्मलाई राम्रो हुन्छ भने इट्स ओके भन्दै काम गर्न सहमत भयौ ।’

उनले बोल्ने क्रममा नै ‘डाइरेक्टर त गतिलो नै चाहिन्छ’ भनेर आफु तयार भएको समेत प्रस्ट्याए । यस अघि उनले काम गरेको फिल्म ‘रोज’ मा निर्देशक निरक पौडेलले राम्रो काम गर्न नसकेको चर्चा भइरहदा प्रदीपको भनाइले यसलाई प्रस्ट्याउछ । उनको भनाइ अनुसार उनि राम्रो निर्देशकसँग काम गर्न तयार छन् । उनले उज्वलको पनि प्रसंसा नै गरे ।

लभ स्टेसन ठाउसँग जोडिएर बढ्ने कथालाइ सांगीतिक प्रेम कथामा तयार भएको फिल्म भनिएको छ । फिल्ममा प्रदीप र जसिता गुरुङसँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना लगायतको अभिनय छ । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

Facebook Comments