सौन्दर्य । अल्बेनियामा आयोजित ‘मिस ग्लोब २०२३’ प्रतियोगितामा पहिलोपटक नेपालको प्रतिनिधित्व गर्दै रोशनी चन्द सहभागी भएकी छिन् । सनुर्भी इन्टरनेसनल प्रालिको आयोजमा सम्पन्न ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२२३’ प्रतियोगितामा ‘मिस ग्लोब नेपाल २०२३’को उपाधि विजेता चन्दले अन्तर्राष्ट्रिय मञ्चमा दिएको प्रस्तुती अहिले चर्चामा छ । उनले प्रतिनिधित्व गर्ने क्रममा ट्यालेन्ट राउण्ड र खेलकुद प्रतियोगिताको फाइनलमा पुग्दै निर्णायक तथा उपस्थित सहभागीलाई आफ्नो बहुआयामिक प्रतिभा प्रस्तुत गरेकी थिइन् ।
राष्ट्रिय पोसाक राउण्डमा उनले पश्चिम नेपालको समृद्ध सांस्कृतिक परम्परा झल्काउने थारु पोसाकमा प्रस्तुत भएकी थिइन् । पश्चिमी भेगको संस्कृतिमार्फत उनले नेपाललाई नै सांस्कृतिक रुपमा प्रस्तुत गरेकी थिइन् ।
प्रतियोगिताका नेपाल निर्देशक डाक्टर सन्तोष उपाध्यायले आफैँ ‘मिस्टर सुप्रानेसनल’ मा सहभागी भएकाले युवाको लागि मञ्चको निर्माण गर्नुपर्छ भन्ने लागेर प्रतियोगिताको सुरुआत गरेको जानकारी दिए । ‘म विदेशमा पुगेर तेस्रो उपविजेता बन्न सक्छु भने म भन्दा ट्यालेन्ट नेपाली धेरै छन् । उनीहरुको प्रतिभालाई स्टेजसम्म ल्याउने कोशिश गरेको हुँ । मेरो उदेश्य अन्तर्राष्ट्रिय मञ्चमा नेपाली पुर्याउने र जिताउने हो’,डा. उपाध्यायले भन्नुभयो ।
उनले रोशनीको सफलतालाई सम्पूर्ण सौन्दर्य प्रतियोगीको सफलता रहेको बताउदै नेपालले गर्व गर्नु पर्ने बताए ।‘उनले सौन्दर्यताको परिभाषा बदल्दै नेपाललाई विश्वमा संस्कृतिको मध्यमले पुनः स्मरण गराएकी छिन्’, निर्देशक उपाध्यायले भने ।