स्वस्तिमासँग अर्पणको जोडी ?

फिल्म । फिल्म ‘बुलबुल’ मार्फत अभिनयमा निकै प्रसंशा कमाएकी अभिनेत्री स्वस्तिमा खड्का त्यसपछिका दिनमा चर्चामा आइन् । उनले आफ्नो अभिनय मार्फत दर्शकसँगै समिक्षकको मन पनि जितिन् । उक्त फिल्मकै भूमिकाले स्वस्तिमालाई अभिनेत्री बनाउदै विभिन्न अवार्ड समेत विजेता बनायो । यिनै स्वस्तिमासँग अभिनयमा जीवन भर्ने अभिनेता अर्पण थापाको जोडी बाधिने भएको छ ।

बुझीएअनुसार निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्म ‘चिसो मान्छे’ यी दुइले स्क्रिन शेयर गर्ने भएका छन् । यस विषयमा निर्माण पक्षसँग बुझ्न खोज्दा सम्पर्क भने हुन् सकेन । यद्दपी फिल्मसँगै जोडिएको एक सदस्यले प्री प्रोडक्सनमा काम गरिरहेका दीपेन्द्रले अभिनेत्रीमा स्वतिमालाई अनुबन्धित गरेसँगै निर्माण पक्षले अर्पणसँगै देशभक्त खनाललाई पनि अनुबन्ध गरेको पुष्टि गरे । शर्मिला पाण्डे निर्मित फिल्म सामाजिक कथामा बन्नेछ ।

कमेन्ट गर्नुहोस्