बानिकाले ल्याईन ‘मायाको रंग…’ (भिडियो)

जयहोस् । गायिका गायिका बानिका प्रधान दसैंको पूर्व सन्ध्या पारेर गीतमार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । घटस्थापनाको अघिल्लो दिन सार्वजनिक भएको ‘मायाको रंग…’ शीर्षकको उक्त गीतको म्युजिक भिडियो गीत झैं सुन्दर बनेको छ । मेघराज लगुनको संगीत निर्देश्ँनको उक्त गीतका शब्दहरु स्नेहश्री थापा तथा सुरेश वाग्लेले संयुक्त रुपमा रचना गरेका हुन् । सुमित विश्वकर्मा उक्त गीतका संगीत संयोजक हुन् भने गीतमा सांगीतिक समुह कुटुम्बका संगीतकर्मीहरुले बाद्य यन्त्र बजाएका छन् । गीतमा कुटुम्बका रुबिन कुमार श्रेष्ठ (बा“सुरी) तथा राजु महर्जन (मादल÷धीमे) आवद्ध छन् भने राजा चौधरीले गिटार तथा मेन्डोलिन बजाएका छन् । उक्त गीत भारतको कोलकातास्थित जे रोय वन स्टुडिया तथा काठमाडौंस्थित डोरेमी स्टुडियोमा रेकर्डिङ गरिएको हो । रमणीय लोकेशनहरु प्रयोग गरिएको उक्त भिडियोको छायांकन अमेरिकामा गरिएका हो । कुनै बेलाका लोकप्रिय गायक तथा संगीतकार सुरेन्द्र मान सिंहले उक्त भिडियो निर्देश्ँन गरेका हुन् । भिडियोलाई सुरेन्द्रले नै छायँंकन तथा सम्पादन समेत गरेका छन् । भिडियोमा हीरा रसाइली तथा नन्द लगूनले अभिनय गरेका छन् । तुलसी लगून, तिलक लगून तथा बिमल गजमेरले छायांकनमा निर्देश्ँक सुरेन्द्र मान सिंहलाई साथ दिएका छन् ।
कमेन्ट गर्नुहोस्