फिल्म । बलिउडमा रोमान्स किंग भनेर चिनिने शाहरुख खान पछिल्लो समय सफलताको खोजिमा छन् । त्यसैले शाहरुखले जिरोपछी फिल्ममा काम गरेका छैनन् । किनकी उनले काम गरेका फिल्मले सफलता पाउन सकेका छैनन् । यसैले गर्दा पनि शाहरुखले आफुलाई निर्देशकको जिम्मा लगाउन सकेका छैनन् । तर यतिबेला उनले गर्न लागेको नयाँ फिल्मको खबरले बि-टाउनमा राम्रो चर्चा पाइरहेको छ ।
शाहरुख पछिल्लो समय बलिउडका राम्रा निर्देशकको सुचीमा पर्ने राजकुमार हिरानीसँग काम गर्ने तरखरमा रहेको खबर केहि समय यता चर्चामा छ । यससँगै उनले होम प्रोडक्सनकै फिल्म ‘कामयाब’ गर्ने चर्चा पनि नचलेको हैन । यद्दपी अब उनले निर्देशक पुलकितसँग काम गर्न लागेको खबर बाहिरिएको छ । उनले निर्देशकसँग कथामा काम गरिरहेको समेत भारतीय मिडियाले जनाएका छन् । फिल्म सोसल इस्युमा आधारित रहनेछ । फिल्ममा शेल्टर होममा युवती माथि भएको घटनालाई देखाइने छ । (एजेन्सी)











