‘इन्फा अवार्ड २०२५’ स्थगित

फिल्म । ‘इन्फा अवार्ड २०२५’ स्थगित भएको छ । जेनजी आन्दोलनका कारण आयोजनाको मिति सारिएको आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रारम्भमा सेप्टेम्बर १३ मा बेलायतमा हुने तय भएको यो कार्यक्रम अब नोभेम्बर १ मा आयोजना हुने आयोजकले जनाएका छन् । आन्दोलनका क्रममा सरकारको दमन, बल प्रयोग र धरपकडका कारण १९ नागरिकको ज्यान गइसकेको र सयौं युवा घाइते भएको संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै मिति परिवर्तन गरिएको अवार्ड संयोजक मनिष कार्कीले बताए ।

स्थगनबारे जानकारी दिँदै उनले भने, ‘हामी सबै कलाकार, प्रायोजक र दर्शकलाई यो निर्णयप्रति धन्यवाद दिन चाहन्छौं । तपाईंहरूले यो निर्णयलाई बुझिदिनुहुने र नयाँ मितिमा हामीसँगै रहनुहुने विश्वास लिएका छौं ।’

नेपाली फिल्म उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने र कलाकारहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यसहित आयोजना हुने यो कार्यक्रमले शान्ति, न्याय, समानता र उत्तरदायित्वको सन्देश प्रवाह गर्ने लक्ष्य लिएको छ ।

कमेन्ट गर्नुहोस्