बेलायतमा खुल्यो अनुग्रहको तेश्रो आउटलेट

विदेश । विश्वमै चर्चित बनेको फिल्म ‘गोर्खा वारियर’ का निर्माता सुमन राईले आफ्नो ज्वेलरी व्यवसायलाई बढाएका छन् । अनुग्रह बुलियन (ज्वेलरी) शोरुम सञ्चालन गर्दै आएका राईले यसको तेस्रो शोरुमको रुपमा सोमबार ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’ सञ्चालनमा लाएका छन् । प्लमस्टीड र अल्डरसटमा दुई वटा शोरुमको सफलता पश्चात बेलायतको अल्डरसटमै राईले अनुग्रहको तेश्रो आउटलेको रुपमा ‘अनुग्रह बुलियन एण्ड डायमण्ड’ संचालनमा ल्याएका हुन् ।

हालै एक कार्यक्रमको आयोजना गर्दै नयाँ आउटलेटको उद्घाटन गर्दै सेवा सुविधा बढाउने बताए । उनले भने,‘हामीले प्राप्त गरेको मायाकै कारण आज तेस्रो आउटलेटसम आइपुगेका छौँ । आगामी दिनमा झनै यसको सेवा, सुविधालाई बढाउँने छौँ । ग्राहकको सन्तुष्टी नै हाम्रो लक्ष्य हो ।’

स्थानीय रशमूरकी काउन्सुलर मारा माकुनुरा उद्घाटन गरेको उक्त कार्यक्रममा नेपालका लोकप्रिय निर्देशक मिलनस चाम्स पनि सहभागी थिए । आफ्नो प्रदर्शनको क्रममा रहेको फिल्म ‘वर एण्ड वधु’ कै प्रचारप्रसारको क्रममा रहेका निर्देशक चाम्स एकसाता भन्दा कम समयका लागि बेलायत पुगेका हुन् ।

काउन्सुलर माकुनुराले निर्मता राईसहितको टिमलाई व्यावसायिक सफलताको लागि शुभकामना दिईन् । एउटा नेपालीले बेलायतमा प्राप्त गरेको यो सफलताले आफु निकै हर्षित भएको बताउदै निर्देशक राईले गहना र्रा सौन्दर्यताको विषयमा चर्चा गरेका थिए ।

कमेन्ट गर्नुहोस्