‘सत्यमेव जयते’ को सिक्वेल गर्दै जोन

फिल्म । केहि समय यता सोसल ड्रामा जनरको फिल्म मार्फत दर्शकको मन जित्दै आएका जोन अब्राहमले यसलाई नै निरन्तरता दिने भएका छन् । उनले आउँदो अगस्ट १५ को लागि सत्यमेव जयतेको सिक्वेल ल्याउने भएका छन् । सत्यमेव जयते पनि सन् २०१८ को अगस्ट १५ मा रिलिज भएको थियो । भ्रष्टाचारीले गर्दा आउने अवस्था र त्यसमा एक पुलिस अफिसर मात्र नभई समान्य मान्छेले खेल्न सक्ने योगदानलाई यसमा देखाइएको छ । फिल्मको सिक्वेल पनि यस्तै हुनेछ । एक सोसल कथालाई देखाइनेछ ।

फिल्मलाई मिलाप् जावेरीले निर्देशन गर्नेछन् भने यसमा जोनसँगै मिनाक्षी दासको अभिनय रहनेछ । जोनले यस वर्षको अगस्ट १५ मा ‘बाट्ला हाउस’ प्रदर्शनमा ल्याएका थिए, जसलाई दर्शकले रुचाए । जोनले आउँदो केहि फिल्म रम – कम पनि गर्दैछन् तर विशेषत उनले भारतीय स्पेसल डेलाई लक्षित गर्दै सोसल ड्रामालाई प्राथमिकतामा राख्ने गरेका छन् ।

कमेन्ट गर्नुहोस्