‘जिरो’ को क्लाइमेक्स भाइरल भएपछी

बलिउड । पछिल्लो समय भारतीय फिल्मक्षेत्रमा जिरो र २.० को चर्चा छ । दुई फिल्मको ट्रेलरले दर्शकलाई आफु तीर आकर्षित गरिरहेका छन् । हामी यहाँ कुरा गर्दैछौ , जिरो को । फिल्मको ट्रेलर गत नोभेम्बर २ तारिखको दिन शाहरुख खानको जन्मोत्सवमा सार्वजनिक गरिएको थियो । ट्रेलरलाई उनका फ्यानले रुचाएका छन् । शाहरुख यसपटक फिल्मबाट निकै आश्वादी छन् । उनको फ्यान पनि उत्साहित छन् । तर केहि दिन यता सामाजिक सञ्जालमा फिल्मको क्लाइमेक्स भाइरल भईरहेको छ । गायक अदनान सामीले गरेको ट्विटमा क्लाइमेक्स बारे उल्लेख गरिएको छ , जुन भाइरल भईरहेको छ ।

उनले फिल्मको क्लाइमेक्समा अनुष्का मर्ने र उनकै लागि शाहरुख एस्ट्रोनट बन्ने बताएका छन् । उनको ट्विटमा धेरै प्रति प्रश्न पनि गरेका छन् । अन्त्यमा उनले यसलाई फेक ट्विट समेत भनेका छन् । तर उनको यस क्रियाकलापले फिल्मलाई असर गरेको बुझाइ शाहरुखसँगै निर्देशक आनन्द एल रायको रहेको छ । निर्माण पक्षबाट यसबारे आधिकारिक धारणा आएको छैन , अब हेरौ यो मामिला अगाडी गएर कसरि सुल्झिन्छ । फिल्ममा शाहरुखको अपोजिटमा अनुष्का शर्मा र कट्रिना कैफ छिन ।

कमेन्ट गर्नुहोस्