शाहरुखको ‘जिरो’ ट्रेलर रिलिज (भिडियो)

बलिउड । शाहरुख खान अभिनित फिल्म ‘जिरो’ को ट्रेलर सार्वजनिक भएको छ । उनको जन्मोत्सव नोभेम्बर २ मा फिल्मको ट्रेलर सार्वजानिक गरिएको छ । भारतमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको यस ट्रेलरलाई फ्यानले सकारात्मक प्रतिक्रिया दिईरहेका छन् । शाहरुखले पनि यसलाई आफ्नो तर्फबाट फ्यानलाई बर्थ डे गिफ्ट भनेका छन् ।

‘निकै मेहनतको साथ् फिल्म तयार गरेका छौ , यो मेरो करियरकै च्यालेन्जिङ फिल्म हो’ शाहरुखले ट्रेलर रिलिज इभेन्टमा फ्यानलाई मन पर्नेमा विश्वस्त रहेको समेत बताए । शाहरुखले फिल्म निर्देशनको जिम्मा आनन्द एल रायलाई दिएका छन् जसले रांझाना र तनु वेड्स मनु सिरिजलाई निर्देशन गरिसकेका छन् । फिल्ममा शाहरुखसँगै ‘जब तक है जान’ जोडी अनुष्का शर्मा र कट्रिना कैफ पनि छन् । यसैले गर्दा पनि फिल्मको चर्चा बढ्दो छ । फिल्म डिसेम्बर २१ मा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्