नेपाल आउँदै नेहा

197 Shares

फिल्म । पछिल्लो समय बलिउडनगरीमा आफ्नो स्वरको जादु छर्न सफल गायिका नेहा ककड नेपाल आउने भएकी छिन । उनि नेपाल आउँन लागेको जानकारी दिएकी छिन् । ‘आँख मारे, दिलबर दिलबर, काला चस्मा, लण्डन ठुमकदा’ लगायतका चर्चित गीतहरू मार्फत चर्चामा रहेकी नेहाले इन्डियन आइडलको पछिल्लो सिजनलाई जज गरेकी थिइन् । त्यसपछि उनको चर्चा झनै चुलियो ।

बलिउड प्लेब्याक गायनमा एकपछि अर्को सफलता हात परिरहेकी नेहाको फ्यान नेपालमा पनि उत्तिकै छन् । नेहाले चैत्र २७ र २८ गते नेपालका दुइ स्थानमा आफ्नो प्रस्तुति दिनेछिन् । भिडियो मार्फत नेहाले नेपालका दर्शकलाई भेट्न आतुर रहेको समेत बताएकी छिन् ।

Facebook Comments