फिल्म। फिल्म हिट भएपछि सिक्वेल बन्ने गर्छ। यद्दपि ब्लकबष्टर फिल्म ‘कान्तारा’प्रिक्वेल बन्ने भएको छ। विश्वभर सनसनी मच्चाउने अभिनेता तथा निर्देशक ऋषभ शेट्टी पहिलो भाग अर्थात् प्रिक्वेल सम्बन्धित जानकारी सामाजिक सञ्जालबाट दिएकाछन् । देवताको मिथकको कथा देखाएको ‘कान्तारा’ कन्नडा भाषामा मात्रै रिलिज भएको थियो ।झण्डै ४ सय ५० करोड कमाउन सफल फिल्म ‘कान्तारा’ मा देखाइएको कथा अगाडिको समय प्रिक्वेलमा देखाईनेछ ।
सन् २०२४ मा रिलिज हुने फिल्मको कथा कहिले र कसरी आयो भन्ने खुलासा हुनेछ । उनले भने, ‘सुटिङ गर्दा मेरो दिमागमा प्रिक्वेल बनाउने विचार आएको थियो । अहिले फिल्मको बारेमा अनुसन्धान भइरहेकोले अहिले केही भन्न हतार हुनेछ ।’
‘कान्तारा’को कथा दैव कोलाको वरिपरि घुमेको छ । कथा सन् १८४७ मा मंगलोरको राजाबारे आधारित छ, जसले घरमा शान्ति चाहन्छ र गाउँलेलाई स्थानीय देवता पञ्जुरालीको मूर्तिको लागि सोध्छन् । पञ्जुरालीलाई भगवान विष्णुको अवतार मानिन्छ र कन्नड समुदायले यसलाई पूजा गर्छन् । पञ्जुराली देवतालाई कर्नाटकमा उच्च सम्मान गरिन्छ । त्यहाँका मानिसले भूतकौला पर्वमा भगवान पञ्जुरालीको पहिरन लगाएर पूजाअर्चना गर्छन् ।










