श्वेता भन्छिन् ‘नयाँ स्क्रिप्टमा काम गरिरहेकी छु’

फिल्म । श्वेता खड्का पछिल्लो समय फिल्म भन्दा पनि बिजेनस र विभिन्न इभेन्टमा सक्रिय छिन् । उनको ड्रिम प्रोजेक्ट माँझी बस्तिको काममा पनि उत्तिकै सक्रिय छिन् । उनकै निर्माण तथा अभिनय रहेको पछिल्लो फिल्म ‘कान्छी’ युट्युब रिलिज भईसकेको तर उनले अझै पनि नयाँ फिल्मको सुरसार गर्न सकेकी छैनन् । यद्धपि उनलाई ‘कान्छी’ फिल्म युट्युबमा हेर्ने धेरैले नयाँ फिल्म कहिले आउँछ भनेर प्रश्न गरिरहेका छन् । त्यसो त उनि यसै वर्ष प्रदर्शनमा आउने फिल्म ‘हेल्लो जिन्दगी’ को प्रमोनल गीतमा देखिदैछिन् । तर उनले नयाँ फिल्म निर्माणमा चासो देखाएकी छैनन् । बरु , उनको हिमालयन जाभाको नया आउटलेट बालुवाटारमा खुलेको छ ।

राइजिङ्ग मलको ग्राउण्ड फ्लोरबाट उनले यस विजनेसको सुरुवात गरेकी थिइन् । आखिर उनलाई आइडिया कसरि आयो त ? यस्तो बिजेनस को ? उनि भन्छिन् ‘म आफै कफी लभर भएकोले यस्तो कफी शप खोल्ने इच्छा पहिले देखि नै थियो ।’ उनलाई विशेषत विदेशमा पुग्दा यस प्रकार बिजेनसले प्रभाव पारेको रहेछ । उनि आफै पनि स्वदेशमा अधिकांस भेटघाट कफी शपमै गर्थिन् , किनकी उनलाई खाना /खाजा खाने भन्दा पनि कफी पिउंदै भेटघाट गर्न मन पर्थ्यो । उनले हिमालयन जाभा विक्रीमा छ भन्ने थाहा पाएसी राइजिङ्ग मललाई मिटिंग प्वाइन्ट बनाइन र संचालन गर्न थालिन् । सुरुवाती दिनमा उनलाई मात्र होइन , अन्यलाई पनि लागेको थिएन कि यसले राम्रो नतिजा ल्याउछ भनेर । ‘हामीले बिजेनसमा ध्यान दिने कुरा नै ग्राहक फेरी आउने वातावरण बनाउने हो अरु त सिस्टममा आएपछि त्यहि अनुरुप चल्छ नि’ उनले भनिन् ।

उनि केहि समय मेहनत गर्छिन् र त्यसलाई सिस्टममा ल्याउछिन् । उनले त्यसपछि दोस्रो आउटलेट खोल्ने योजना बनाइन तर त्यसलाई उनले निर्माणकै क्रममा विक्री गरिन् र बालुवातार उपयुक्त लागेर खोलिन । रसियन एम्बेसीसंगै रहेको जाभाको डेकोरेसनमा पनि उनि आफैले सजेस्ट गरिन् । ‘मलाई अलि युनिट डिजाइन होस् जस्तो लाग्छ त्यहि अनुरुप मैले सजेस्ट गरे’ श्वेता भन्छिन् ‘हामीले यसलाई फ्याक्ट्री डिजाइन दिएका हौ ।’ पछिल्लो समय नेपालमा कफी कल्चर बढ्दै गर्दा उनि यसलाई अझै अगाडी बढाउने सोचमा छिन् । ‘हामीले यहाँ दिने सुविधा र वातावरण नै हो जसले हाम्रो ग्राहकलाई फर्केर आउने वातावरण बनोस’ उनि भन्छिन् ‘हामीले जाभा विहान ६ : ३० मा खोल्छौ र बेलुकी ९ : ३० मा बन्द गर्छौ सो विहान र बेलुकीको समयमा पनि यो उपयुक्त हुन् सक्छ ।’ उनि जाभासंगै अब इटालियन रेस्टुरेन्टको सोचमा अपनी छिन् ।

‘शत प्रतिशत इटालियन खाना पाउने रेस्टुरेन्ट चाडैनै संचलानमा ल्याउदैछौ , त्यसको पनि काम हुँदैछ’ उनले आगामी योजना पनि शेयर गरिन् । त्यसो भए फिल्म नगर्ने त ? आखिर फिल्मबाटै चिनिएकी श्वेता किन पछिल्लो समय यसतर्फ सक्रिय छैनन् त ? उनि यसलाई सिस्टमको दोस दिन्छिन् । ‘हामीले फिल्म मेहनत गरेर बनाउछौ तर प्रदर्शन गर्ने बेलामा सिस्टम खै ?” उनले फिल्मीक्षेत्रमा गतिलो सिस्टम नहुँदा निर्माता मारमा पर्ने गरेको गुनासो गरिन् । यद्दपी उनि माँझी बस्तिको काम सकाउने वितिकै फिल्म निर्माण गर्ने सोचमा छिन् । ‘एउटा स्क्रिप्टमा पनि काम गरिरहेकी छु किनकी फिल्मबाट टाढा त रहनै सक्दिन नि’ उनले भनिन् ‘तर , हाम्रोमा अलिक व्यवस्थित भए हामीलाई निकै सहज हुन्थ्यो ।’

कमेन्ट गर्नुहोस्