‘हर्ष’ मा खगेन्द्र र आँचल

फिल्म । प्रसिद्ध निर्देशक शिव रेग्मीको भान्जीले फिल्म निर्देशन गर्ने भएकी छिन् । न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ सम्बन्धी अध्ययन गरेकी एकता पौडेलले अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री आँचल शर्मालाई लिएर ‘हर्ष’ नाममा फिल्म बनाउने भएकी छिन् । आमसञ्चार र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी एकताले यसअघि केही छोटा फिल्म बनाएकी छिन् ।

फिचर फिल्म डेब्यु गर्ने तयारीमा रहेकी एकताले विषय अनुसार कलाकार अनुबन्धित गरेकी जानकारी दिएकी छिन् । ई प्राइम मुभिजको ब्यानरमा निर्माण हुने फिल्मको विषयमा अन्य जानकारी छिटै दिने बताईएको छ । प्रशन्न पौडेल र विकास पौडेल (चितवन)ले निर्माण गर्ने फिल्ममा कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन् । आलोक शुक्लाको सिनेम्याटोग्राफी रहने फिल्ममा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर रहेका छन् ।

कमेन्ट गर्नुहोस्