एफ-नाइनको भव्य प्रिमियर

फिल्म । हलिउड हिट फिल्म ‘फास्ट एण्ड फ्युरियस’ को नयाँ सिरिज एफ नाइनको अमेरिका स्थित लस-एन्जल्समा प्रिमियर गरिएको छ । कोरोना भाइरसका कारण बन्द रहेको हलिउड फिल्म उद्योग विस्तारै लयमा फर्किदै गर्दा यो प्रिमियरले रौनकता थपेको छ । त्यहाँ फिल्म हलहरु शतप्रतिशत अकुपेन्सीसहित संचालन हुनेतर्फ उन्मुख रहदा प्रिमियरले दर्शकलाई हलसम्म आउन प्रेरित गरेको हो ।

फास्ट एण्ड फ्युरियसको प्रिमियर शुक्रबार बेलुका भएको छ । रेडड कार्पेट प्रिमियरमा फिल्मका स्टारहरु मास्कबिनै उपस्थित रहनुले पनि दर्शकलाई निस्चित बनाएर हलसम्म ल्याउन लागिएको बुझिएको छ । अर्थात् सेलेब्स पनि दर्शकले महामारी अगाडीकै रुपमा हलमा हेर्न चाहन्छन् । प्रिमियरमा फिल्मका मुख्य पात्र भिन डिजेलसंगै उनका कलाकारहरुको उपस्थिति रहेको थियो । गत महिना चीनमा समेत फास्ट एन्ड फ्युरियस रिलिज भएको थियो र तर, फिल्मले अपेक्षाकृत व्यापार गर्न सकेन । (एजेन्सी)

कमेन्ट गर्नुहोस्