मिलनको भिडियोमा दया

संगीत । कुनै बेला नृत्य गर्न एकदमै लजाउने अभिनेता दयाहाङ राई पछिल्लो समय भने म्युजिक भिडियोमा देखिन थालेका छन् । फिल्मको लोक शैलीको गीतमा नाच्न थालेपछि दयालाई म्युजिक भिडियो अफर हुन् थाल्यो । उनले आफु सुहाउँदो भिडियोमा देखिने सहमति दिन थाले । यिनै दया पछिल्लो समय दिपा लामा र तेम्बा शेर्पाको आवाजमा समावेश ‘बल्ल बल्ल भेट भो’ बोल रहेको गीतको भिडियोमा देखिएका छन् । गीतमा दिपक शर्माको शब्द तथा संगीत छ । भिडियोमा दयासंगै निरञ्जली लामा, क्षितिज सुवेदीको अभिनय छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा सुदिप बरालको छायांकन छ । ध्रुवराज पराजुलीको सम्पादन रहेको यो भिडियोमा मिलन चाम्सको निर्देशन छ । भिडियोमा दया र निराञ्जलाको रोमान्स, दयाको चुलबुले बानीलाई प्रस्तुत गरिएको छ ।

कमेन्ट गर्नुहोस्