‘जोकर’ ट्रेलर रिलिज (भिडियो)

फिल्म । फागुन ३ मा रिलिज हुने भनिएको फिल्म ‘जोकर’ अर्थात जादुगर २ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका निर्देशक तथा कलाकार महादेव त्रिपाठीले आफ्नो जादु र अभिनय मार्फत दर्शकलाई मनोरंजन दिने प्रयास गरेका छन् । याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा कलाकार तथा निर्देशक महादेव त्रिपाठीको जादुगर २ अर्थात जोकर फिल्मको लेखन विशेष पन्तले गरेका हुन् ।

यसमा सुरेन्द्र केसी(मुलको साग), शिव शंकर रिजाल(जोकेन्द्र), अन्जु थापा, बाल कलाकार रिहानराज गिरि, नवराज श्रेष्ठ, मेरी बांसैकि अप्सरा, राजेन्द्र गिरि, विनोद राई, बिशेष पन्त, र नव नायिका सिम्पल खरेलको अभिनय रहेको छ । फिल्मलाई गणेश श्रेष्ठ , कर्ण बहादुर तामाङ्ग , केदार प्रसाद रईला , सामन र रेहान तथा कुमार सिलवालले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्मलाई कारण श्रेष्ठ क्रेजीले वितरण गर्दैछन् ।

कमेन्ट गर्नुहोस्