‘नाङ्गो गाउँ’ को वर्कशप

फिल्म। दीपेन्द्र लामाको निर्देशन रहने ‘नाङ्गो गाउँ’ले फिल्म भित्रका विभिन्न विभागको १५ दिने वर्कसप सम्पन्न भएको छ । निर्देशक लामाले निर्देशन टिम, प्रोडक्सन डिजाइन टिम, छायांकन टिम र कस्ट्युम टिमको अलग अलग वर्कसप गरिएको जानकारी गराए । कलाकारबाहेकको वर्कसपपछि बल्ल कलाकारको टिमसँग वर्कसप सञ्चालन भएको थियो । कलात्मक र प्राविधिक रुपमा परिपक्व बनाउन वर्कसप सञ्चालन गरिएको निर्देशक दीपेन्द्र लामाले बताए ।

कलाकारको वर्कशपमा दयाहाङ राई, कर्म, मिरुना मगर, शिशिर बाङ्देल, बुद्धि तामाङ, अंकित खड्का र रवीन्द्र झा सहभागी भए । कलाकारलाई पटकथा विश्लेषण, चरित्र निर्माण र कथ्य–तथ्य संरचनाका विषयमा प्रकाश पारिएको लामाले बताए । साम्राज्ञी शाह नेपालबाहिर रहेकीले वर्कसपमा सहभागी भएकी थिइनन् । फिल्ममा हिमाल शर्माको लगानीरहेको छ भने दीपेन्द्र स्वंयले लेखेका हुन् । आलोक शुक्लाको छायांकन रहेको फिल्म यही चैत १० बाट काभ्रेमा सुरु हुने छ ।

कमेन्ट गर्नुहोस्