दीपक भन्छन् ‘गीतले न्याय पाएको छ’

941 Shares

फिल्म । पप गीतसंगीतमा दीपक बज्राचार्यको नाम स्थापित हो । संगीत प्रेमी सायदै होलान् , जसलाई उनको बारेमा थाहा छैन । किनकी उनको गीतसंगीतले युवा पुस्तालाई लामो समय मनोरंजन प्रदान गरेको छ । तर उनले फिल्ममा भने काम गरेका छैनन् । ‘मैले फिल्ममा काम गरेको छैन त्यसैले पनि उत्साहित छु’ दीपकले भने ।

उनले ‘मारुनी’ फिल्मको ‘जाम न माया जाम’ मा स्वरसँगै संगीत पनि दिएका छन् । उनले गीतको शब्द भने ‘मन मगन’ लेखक रिक्की शाक्यलाई लेखाएका छन् । ‘पहिलो प्रयासमा मैले सकेको मेहनत गरेको छु र खुसि पनि छु मेरो जस्तै मेहनत गीतलाई भिडियोमा ल्याउन सम्पूर्ण टीमले गर्नु भएको छ’ दीपक भन्छन् ‘गीतको भिडियोले गर्दा एउटा जीवन पाएको छ ।’

गीत सार्वजनिक कार्यक्रममा उनि दंग थिए । उनले आफुले स्वतन्त्र भएर काम गर्ने मौका पाएको बताउदै आफुलाई झैँ गीत सबैलाई मन पर्ने विश्वास व्यक्त गरे । यस फिल्मले दुई सुन्दरी युवतीको कथा भन्ने समेत निर्देशक नवल नेपालले बताए । गोविन्द फुँयालको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहेकोछ । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुने फिल्मलाई सञ्जय लामाले खिचेका हुन् । यसमा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइलगायतका कलाकारहरुसँगै आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी बाल कलाकारको पनि अभिनय रहनेछ । फिल्ममा पुनम गौतम निर्मात्री छिन् भने राजु प्रधान, मिना क्षेत्री र दर्शना केसीको सह–लगानी छ । फिल्म भाद्र १३ मा रिलिज हुनेछ ।

Facebook Comments