प्रदीपले ‘आदिपुरुष’ नचलाई हलनै बन्द गरे

फिल्म । नेपाल चलचित्र संघका पूर्व अध्यक्ष समेत रहेका राजनीतिज्ञ प्रदीपकुमार उदयले आफूद्वारा बुटवलमा संचालित ‘द्धारिका उदय सिनेमा’मा फिल्म ‘आदिपुरुष’को प्रदर्शन गरेनन् । गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएको फिल्म प्रदर्शन नगरेपछि उनले हल नै बन्द गरे ।

‘अन्य फिल्म नभएको र आदिपुरुष प्रदर्शन नगर्ने निर्णय गरेकोले मैले हल बन्द गरेको हुँ । अन्य साथीलाई असर गर्नुका साथै दबाब पर्छ भनेर मैले यसलाई प्रचारप्रसार गरिन्’, प्रदीपले भने,’राष्ट्रवादीहरु गम्भीर हुन जरुरी छ । राष्ट्रियता भन्दा माथि कोही र केही हुनै सक्दैन ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका उदयले आफूलाई कोहीबाट पनि फिल्म नचलाउन दबाब नआएको भन्दै स्वस्फूर्त रुपमा नै प्रदर्शनी रोकेर हल बन्द गरेको जानकारी दिए ।

नेपालको राष्ट्रियता र विभुतीमाथि भ्रम फैलाउने काम गरेको छ । साथै, फिल्मका लेखकले दिएको पछिल्लो अभिव्यक्तिले नेपालको राष्ट्रियता, स्वाधिनतामाथि पनि ठाडै प्रहार गरेको छ । रामायण र देवताहरूलाई गलत रूपमा चित्रण गरिएको भन्दै हिन्दू सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले ‘आदिपुरुष’ लाई प्रतिबन्ध लगाउन माग गर्दै दिल्ली उच्च अदालतमा रिट दायर गरेका छन् ।

कमेन्ट गर्नुहोस्