घामड शेरे ट्रेलर रिलिज (भिडियो)

20 Shares

फिल्म । आउँदो कार्तिक ८ गते फिल्म प्रदर्शन गर्ने घोषणाका साथ् फिल्म ‘घामड शेरे’ ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलर निश्चल बस्नेत र स्वस्तिमा खड्काको वरिपरी घुमेको छ । निश्चलको घामड अन्दाजलाई दर्शकले रुचाउने देखिएको छ । फिल्मका सेन्ट्रल क्यारेक्टर पनि यिनै हुन् । निर्देशक हेमराज विसी निर्देशित यो फिल्ममा रियल जोडी निश्चलसँगै उनको रियल जोडी स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् ।

विज्ञापन

यसमा उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा छन् । फिल्मको अधिकांश छायांकन सुर्खेतमा भएको छ । फिल्ममा निश्चल एक किसानको भूमिकामा छन् । उनले आफ्नो जीवनमा आउँने बाधा-अड्चनलाई कसरि जित्छन , फिल्मयसमै केन्द्रित रहेको छ । फिल्म रोमान्टिक–कमेडी जनरामा फिल्म निर्माण भएको मात्र बताइएको छ । फिल्ममा निश्चल र स्वस्तिमासँगै सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अभिनय रहेको छ । निर्देशक विसीको होम प्रोडक्सन कम्पनी विसी मोसन पिक्चरको ब्यानरमा यो फिल्म निर्माण भएको हो । नरेन्द्र मैनालीले फिल्म खिचेका हुन् ।

तपाईको प्रतिक्रिया