दुई दशकपछि बर्मेली फिल्महलमा ‘शत्रु गते’

फिल्म । पछिल्लो समय नेपाली फिल्मको कमाइ नेपालसँगै विदेशमा पनि राम्रो हुने गरेको छ । लगभग निर्माणको लागतनै विदेशबाट उठाउने फिल्म पनि प्रसस्त छन् । पछिल्लो समय फ्यामिली ड्रामालाई विदेशमा विशेष रुचाइन्छ । यसै शिलशिला गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘शत्रु गते’ विदेश अधिकाँस स्थानमा प्रदर्शन भईसकेको छ ।

यसै फिल्मलाई तीन सय भन्दा धेरै नेपालीभाषी बर्मेलीले हलमा भएको शो मा हेरेका छन् । यांगुनस्थित जेसिजीभी हलमा शुक्रबार पहिलो पटक नेपालमा बनेको फिल्म हेरेका हुन् । चार सय सिट क्षमताको हलमा तीन सय २५ भन्दा बढीले फिल्म हेरेको बुझिएको छ । त्रिशुल इभेन्टस् इन्टरनेशनलले प्रदर्शन गरेको फिल्म हेरेपछि नेपालीभाषीले आफूहरूलाई चाड आए जस्तै भएको प्रतिक्रिया दिएका छन् । फिल्मको बर्मा प्रदर्शनको उद्घाटन गर्दै म्यानमारका लागि नेपाली राजदूत भीम उदासले नेपाली संस्कृति, भाषा र कलालाई बर्मासँग जोड्न फिल्म राम्रो माध्यम हुने भएकाले दुताबास सधै सहयोगी हुने बताइन ।

प्रदर्शन स्वीकृति मिलाउने झन्डै चार महिना लगाएर त्यहाँ नेपाली फिल्म प्रदर्शन गर्ने वातावरण तयार भएको हो । मह सञ्चारको ब्यानरमा किरण केसी प्रस्तुतकर्ता रहेको फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । नेपालमा फिल्मलाई दर्शकले रुचाएका थिए । फिल्ममा मदनकृष्ण श्रेष्ठ , हरि वंश आचार्य , दीपकराज गिरी , दीपाश्री निरौला , पल शाह , आँचल शर्मा , शिवहरी पौडेल , राजाराम पौडेल , किरण केसी लगायतको अभिनय रहेको थियो ।

कमेन्ट गर्नुहोस्