दर्शकले रुचाए प्रीतिको ‘घरको यादले’

सङ्गीत । प्रवासमा रहेर गीतसङ्गीतमा सक्रिय गायिका प्रीति घिमिरेको स्वर रहेको ‘घरको यादले’ गीतलाई दर्शक तथा श्रोताले रुचाएका छन् । गत शुक्रबार प्रीति घिमिरे युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको टिकटक र रिल्स बन्ने क्रम बढेको छ । विशेषत प्रवासमा रहेकाले गीतको शब्दसँग आफू ‘कनेक्ट’ भएको प्रतिक्रियासहित गीतलाई सामाजिक सञ्जालमा ‘रि-पोस्ट’ गरिरहेका छन् ।

गायिका घिमिरे आफ्नो गीतको भावलाई दर्शक र श्रोताले बुझेकोमा दंग छिन् । उनले गीतको सफलताको खुसी सामाजिक सञ्जालमार्फत साटिरहेकी छिन् । गीतमा शब्द र सङ्गीत कविन्द्र तामाङको रहेको छ । गीतमा गायिका घिमिरेले बाध्यतामा परदेशिने नेपालीको कथालाई व्यक्त गरेकी छिन् ।

अस्ट्रेलियाको सिड्नीमा उच्च शिक्षाका लागि पुगेकी गायिका घिमिरेले डान्सिङ, मेलोडियस लगायतका गीत ल्याईसकेकी छिन् । उनले यस गीतको लिरिकल भर्सन सार्वजनिक गरेकी छिन् । गीतलाई अर्पण थिङ्गले एरेञ्ज र मिस्किङ्ग गरेका हुन् ।

कमेन्ट गर्नुहोस्