इम्तियाजको फिल्ममा रनबीर ?

फिल्म । रनबीर कपूरको हिट फिल्मको लिस्टमा माथि आउने नाम हो , रकस्टार । यो फिल्मबाट उनले दर्शकको माया त पाएनै अवार्ड पनि पाए । बर्फी , रकस्टार जस्ता फिल्मले रनबीरको क्रेजलाई धेरै नै बढाउन मदत गर्यो । रकस्टारको कुरा गर्ने हो भने यसलाई इम्तियाज अलिले निर्देशन गरेका हुन् । फिल्मममा रनबीरले गायकको भूमिका निर्वाह गरेका थिए । जसलाई निकै रुचाइयो ।

यिनै रनबीरसंग त्यसपछि इम्तियाजले काम गरेको फिल्म ‘तमाशा’ हिट हुनसकेन । फिल्म पारखी केहिले यसलाई आउटस्ट्यान्डिङ भनेता पनि यसलाई आम दर्शकले रुचाएनन् । त्यसपछि यी दुइको सहकार्य भएन । इम्तियाजले शाहरुख खानसंग ‘जब ह्यारी मेट सेजल’ , कार्तिक आर्यन र सारा अलि खानसंग ‘लभ आजकल’ को निर्देशन गरे । तर , दुइ फिल्म नै बक्स अफिसमा सफल हुनसकेन ।

त्यसैले यतिबेला इम्तियाजले रनबीरलाइ दुइ फिल्म अफर गरेका छन् । उनले स्क्रिप्टमा काम गरिरहेको फिल्म मध्ये एक संगीतकार अमरसिंह चम्किलाको जीवनीमा आधारित छ भने अर्को सोसल ड्रामा रहेको छ । संगीतकार चम्किलाको लाइफनै कन्ट्रोभर्सियल रहेको थियो भने सोसल ड्रामा बढ्दो आत्महत्यामा आधारित हुनेछ । इम्तियाजले दुवै रोललाई रनबीरले न्याय गर्ने भन्दै स्क्रिप्ट दिएका छन् ।

कमेन्ट गर्नुहोस्