‘हर्ष’ को कमाइ २९ लाख पुग्नै सकस

फिल्म । चलचित्र विकास बोर्डले हाल प्रदर्शनमा रहेका नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’मार्फत सार्वजनिक विवरणअनुसार विभिन्न फिल्महरूको आम्दानी तथा टिकट बिक्रीको तथ्यांक सार्वजनिक गरिएको हो ।

बोर्डका अनुसार गत मङ्सिर १२ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘हर्ष’ ले पुस १९ गतेसम्म कुल २८ लाख ७८ हजार ८३६ रुपैयाँ आम्दानी गरेको छ। एकता पौडेल निर्देशित यस फिल्मका कुल ८ हजार ८६८ टिकट बिक्री भएका छन् । फिल्ममा खगेन्द्र लामिछाने, सन्तोष पन्त, नीर शाह र वर्षा राउतलगायत कलाकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्