फिल्म । आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारी फिचर्ड छन् । पोस्टरले नै फिल्म कमेडी प्रधान रहेको प्रस्ट्याउँछ । ४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण भएको फिल्मको पोस्टर सार्वजनिक गरीए पनि प्रदर्शन मिति भने पोस्टरमा राखिएको छैन । फिल्मको रिलिज टार्गेट दशैं भए पनि अहिलेसम्म निर्माण टिमले आधिकारिक रुपमा मिति तोक्न सकेको छैन फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । हरि हुमागाइँको छायांंकन, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको फिल्मको कथा निर्देशक लामाको हो । उनको कथालाई कलाकार दीपकराजले पटकथामा ढालेका हुन् । उनलाई संवादमा भने केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् ।निर्देशक लामालाई निर्देशनमा निर्देशक दीपाश्री निरौलाले सघाएकी छन् । यसका निर्माता रोहित अधिकारी हुन् । फिल्ममा अभिनेत्री सुपुष्पा भट्टको पनि अभिनय छ ।
फस्ट लुकमा ‘छ माया छपक्कै’

कमेन्ट गर्नुहोस्











