विवाहको तयारीमा काजल

फिल्म । बलिउडमा डेब्यु गरेर साउथ फिल्म उद्द्योगमा पहिचान स्थापित गर्न सफल अभिनेत्री काजल अग्रवालले विवाह गर्ने भएकी छिन् । उनले मंगलवार इन्स्टाग्राममा एक पोस्ट गर्दै आफूले विजनेशम्यान गौतम किचलूसँग विवाह गर्न लागेको जानकारी दिएकी छन् । सो पोस्टमा विवाहको मिति बारे नबताईएता पनि आउँदो ३० अक्टोबरका लागि विवाहको मिति तय गरिएको भारतीय मिडियामा उल्लेख छ ।

कोरोना भाइरसले गर्दा सिर्जित अवस्थाका कारण विवाह समारोहमा दुई पक्षका परिवारका सदस्यको मात्र उपस्थिति रहनेछ । ‘यो महामारीले हाम्रो खुसीलाई प्रभावित गरेको छ तर हामी आफ्नो जीवनलाई एकसाथ सुरु गर्नका लागि उत्साहित छौं’ उनले लेखेकी छिन् । सन् १९ जून १९८५ मा जन्मिएकी उनले साउथका अधिकांश ठूला अभिनेतासँँग काम गरिसकेकी छन् । सन् २००७ मा आएको फिल्म ‘लक्ष्मी कलयाणम’ को सफलताले उनको करिअर उत्कर्षमा पुगेको थियो ।

कमेन्ट गर्नुहोस्