शोभितको फिल्ममा पुजा ‘आइटम गर्ल’

फिल्म । निर्देशक शोभित बस्नेतले नयाँ फिल्मको तयारी थालेका छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बाबु कान्छा’ असफल भएपछी उनले ब्यबसायलाई सुरक्षित बनाउने कोसिसलाई बढाउदै फिल्म ‘बद्री बहादुर’ निर्देशन गर्ने भएका छन् । माघ ११ गतेबाट फ्लोरमा जाने भनिएको फिल्ममा छुल्ठिम गुरुङ, जयकिसन बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, लय संगौला, एलिना रायमाझी, उत्तम केसीलगायतका कलाकारहरुको अभिनय रहनेछ । यी अनुहारसँगै शोभितकै छोरा सलोन बस्नेत पनि फिल्ममा देखिनेछन् भने पुजा शर्मा पनि ।

यी दुईलाई एक गीत र केहि दृश्यमा देखाउने तयारी उनले थालेका छन् । फिल्मको प्रस्तुतकर्तामा विजय गोपाल दलि छन् भने मिथुन भोटे कार्यकारी निर्माता हुन् । सञ्चारकर्मी रवि अधिकारीको निर्माण रहने फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव विकको नृत्य,शंकर महर्जनको द्वन्द निर्देशन रहनेछ । साथै, फिल्ममा विनोद सापकोटाले छायांकन तथा समिर मिया सम्पादन रहनेछ । लमजुङ, काठमाडौं, धरान र संखुवासभाको विभिन्न ठाउँमा छायांकन हुने फिल्म कमेडी कथामा निर्माण हुन लागेको हो ।

कमेन्ट गर्नुहोस्