फिल्म । टिजर सार्वजनिक भएसँगै नेपाली फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’ को चर्चा बढिरहेको छ । विशेषत फिल्ममा समावेश गरिएको एक्सन, बिजीएम, छायांकन र सम्पादनको पक्षलाई रुचाइएको छ । अभिनेता सौगात मल्लले एउटै भूमिका निर्वाह गर्न बीस किलोसम्म तौल घटाएर पुनः बढाए । उनको मेहनतलाई पर्दामा सहजै महसुश गर्न सकिन्छ । साथै निर्देशक सौरभ चौधरीले ट्रेलरलाई फास्ट काटेका छन् ।
पछिल्लो समय द्वन्द्व प्रधान फिल्मतर्फ आकर्षण बढिरहेको सन्दर्भमा यसले दर्शकलाई आकर्षित गरेको छ । हास्यप्रधान र सामाजिक विषयलाई केही समययता पर्दामा हेरिरहेका दर्शकको लागि यो फरक स्वाद बनेको छ । फिल्ममा प्रमोद अग्रहरीको लुक्सको पनि चर्चा बढेको छ । उनी दक्षिण भारतीय फिल्मको भिलेन झैँ देखिएको चर्चा भइरहेको छ । नाजिर हुसेन पनि यसमा अन्य भन्दा फरक देखिएका छन् ।
फिल्मका लेखक तथा निर्देशक सौरभ चौधरी र उनको टिमले टिजर बनाउन धेरै मिहिनेत गरेका थिए । जस अनुसार फिल्म क्षेत्रका मेकरहरुले सकारात्मक प्रतिक्रिया र दर्शकहरुको टिजर प्रतिको उत्सुकताले आफुलाई थप जिम्मेवार बनाएको उनीहरुको तर्क छ । साथै, फिल्मको सार्वजनिक हुन बाँकी रहेको ट्रेलरमा थप माया र साथ पाउनेमा टिम आशावादी देखिएको छ ।
फागुन ३ गते सार्वजनिक गरिने ट्रेलरले दर्शकलाई फिल्मप्रति अझै उत्सुकता पैदा गराउन निर्देशक चौधरी बताउँछन् । विश्व गौचन र अभिषेक चौधरी कार्यकारी निर्माता तथा प्रकाश मल्ल, अनिस तामाङ र विनोद पौडेल निर्माता रहेको फिल्ममा सञ्जय लामाको छायांकन, निर्देशक चौधरी स्वयंको लेखन, निमेष श्रेष्ठको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र एसडी योगीको संगीत छ ।
डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुती रहेको यो फिल्म फागुनको १८ गते नेपालसँगै विश्व भरबाट रिलिज हुनेछ ।