‘सुश्री सम्पति’ पोष्टर रिलिज

फिल्म । मङ्सिर २८ मा रिलिज हुने फिल्म ‘सुश्री सम्पति’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका तिन पात्र सलोन बस्नेत , सारा सिर्पाली र बिनोन्यौपाने फिचर्ड छन् । यी तिनकै वरपर फिल्मको कथा घुम्ने भएकोले पोस्टर पनि यिनमै फोकस छ । पोष्टप्रोडक्सनमा रहेको फिल्मको ट्रेलर साता भित्र नै रिलिज हुने निर्माण पक्षले जनाएका छन् ।

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन , सारा र बिनोदसँगै राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने प्रियंका कार्की विशेष भूमिकामा छिन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् । सार्वजनिक पोस्टरलाइ टौवा क्रिएसनले तयार पारेको हो ।

कमेन्ट गर्नुहोस्