फिल्म । आलिया भट्ट बलिउडमा पछिल्लो समय उदाउदी स्टारको रुपमा चिनिन्छिन । एकपछि अर्को फिल्म मार्फत दर्शकको मत जित्दै आइरहेकी आलियाले पहिलोपटक संजय लीला भन्सालीसँग काम गर्ने तयारी गरिरहेकी थिइन् । ‘गंगुबाई काठियावाडी’ फिल्मको निर्देशक संजय हुन् भने यसलाई आलिया लिड कास्ट थिइन् । संजयसँगै काम गरेर बलिउडमा ऐश्वर्या राय , दीपिका पादुकोण , रणवीर सिंहले आफ्नो शानदार करियर बनाउन सफल भएका छन् ।
भव्य सेट डिजाइन गरेर ‘लार्जर देन लाइफ’ देखाउने भएकाले पनि संजयसँग प्राय अभिनेता अभिनेत्री काम गर्न चाहन्छन । आलियाको लागि पनि संजयले भव्य सेट बनाएका थिए । किनकी सुटिङको सेड्युल अप्रिलमा गरिएको थियो । संजयले सेट मार्फत पुरानो समयको कमाठीपुरा देखाउने तयारी गरेका थिए । तर , छायाँकन सुरु नहुँदै कोरोना भाइरसको महामारीले गर्दा भारतमा लकडाउन भयो ।
सामाजिक दुरी कायम गरेर कोरोना भाइरसको महामारी रोक्न सकिने हुँदा विश्वका अधिकांस देश लकडाउनमा छ । सुटिङ नभएको र पछिल्लो समयको अवस्थाले गर्दा संजयले सेट भत्काउने निर्णय गरेका छन् । फ्लोरमा जाने समय निश्चित नभएकाले उनले त्यस्तो निर्णय गरेका हुन् । यसले गर्दा निर्माण पक्षलाई झन्डै १५ करोड घाटा लागेको छ । संजय र आलियाको फिल्म सुटिङ नहुँदै घाटामा गएको छ ।












