‘फिङ्गर प्रिन्ट’ को ट्रेलरमा सस्पेन्स (भिडियो)

फिल्म । नविन निरौला निर्देशित फिल्म ‘फिङ्गर प्रिन्ट’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्म सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको ट्रेलर मार्फत अनुमान गर्न सकिन्छ । नविननकै लेखन र सम्पादन रहेको फिल्म फागुन १० गते प्रदर्शनमा आउदैछ । कामना फिल्मस्को ब्यानरमा अनिल श्रेष्ठ (रोमन) ले यसको निर्माण गरेका हुन् ।

फिल्ममा दीपक त्रिपाठी, सरिता लामीछाने, राज क्षितिज, रमेश बुढाथोकी,आयुष्मा कार्की, आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल, सुवास कार्की, जेसिका भुसाललगायतका कलाकारले अभिनय गरेका छन् । शंकर आचार्य र अनिल श्रेष्ठ सह-निर्माता रहेको फिल्म मेडिकल साइन्सको बिषयमा निर्माण गरिएको निर्देशक निरौला बताउँछन् । फिल्ममा दयाराम पाण्डेको गीत, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी छ । सुमन तण्डुकार र राहुल राईले खिचेको फिल्ममा फिङ्गर प्रिन्टको दुरुपयोगले बिश्वमा हुनसक्ने अपराधलगायतका बिषय प्रस्तुत गरिएको छ ।

कमेन्ट गर्नुहोस्