जय श्री दामको प्रिभ्यु (भिडियो)

फिल्म । कमेडी तथा थ्रिल जनरमा निर्मित फिल्म ‘जय श्री दाम’ को प्रिभ्यु भिडियो सार्वजनिक गरिएको छ । फिल्म रिलिज अगावै निर्माण पक्षले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै १५ मिनेट लामो प्रिभ्यु भिडियो सार्वजनिक गरेको हो । ‘यसले फिल्मको सब्जेक्टलाई प्रस्ट्याउछ साथै दर्शकमा कौतुहलता पनि बढाउछ’ निर्देशक विप्लप उप्रेतीले बताए । पृथ्वी उप्रेती र मनोज उप्रेतीद्वारा निर्मित फिल्ममा अमृत ढुंगाना , जेबिका कार्की , प्रमोद अग्रहरी , रञ्जन खतिवडा र बिनोद न्यौपानेको अभिनय रहेको छ । फिल्मबाट जेबिका र अमृत आश्वादी रहेको बताएका छन् । फिल्म पौष २० मा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्