‘कहाँ भेटिएला’ निर्माण घोषणा

फिल्म । ‘माइतीघर’का सफल निर्देशक मिलन तामाङले आफ्नो नयाँ फिल्म ‘कहाँ भेटिएला’ को घोषणा गरेका छन् । निर्माण टिमका अनुसार, फिल्मको छायांकन आगामी चैत २० बाट सुरु भई जेठ मसान्तसम्म पूरा गर्ने योजना छ । गीतका दृश्यहरू भने माघ महिनामा छायांकन हुनेछन् । निर्देशक तामाङले कलाकार र प्राविधिक टिमबारे विस्तृत जानकारी नदिँदै भने, ‘अहिले हामीले फिल्मको शीर्षकमात्र सार्वजनिक गरेका छौँ । केही दिनमा कलाकार र प्राविधिकबारे जानकारी दिँदै जानेछौँ’

‘माइतीघर’ बाट निर्देशक तामाङले उक्त फिल्ममार्फत दर्शकको प्रशंसा बटुलेका थिए । फिल्म, एनिमेशन, क्लासिकल म्युजिक र अभिनयमा गहिरो अध्ययन गरेका तामाङले ‘माइतीघर’को प्रदर्शन अझै देशभर जारी रहँदा नयाँ फिल्मबारे उत्साह व्यक्त गरे । उनले भने, ‘कहाँ भेटिएलालाई अझ उच्च स्तरमा बनाएर दर्शकलाई नयाँ अनुभव दिनेछु ।’

कमेन्ट गर्नुहोस्