दया भन्छन् ‘आफुले गरेको हरेक काम राम्रो हुँदैन’

फिल्म । अभिनेता दयाहाङ राई अभिनयकै कारण चर्चामा आउने गर्छन । उनले निर्वाह गरेको लुटको गोप्ले देखि कबड्डीको काजीसम्मलाई दर्शकले याद गर्नेगर्छन् । लुटबाट आफ्नो परिचीय स्थापित गरेका दयालाई कबड्डीले अर्को उपनाम दिन सफल भएको थियो । दयाको फ्यान फ्लोअर्स पनि यिनै फिल्म बढाएकोमा कसैको दुइ मत नहोला ।

थियटर हुदै फिल्ममा आएका दया अभिनयमा पोख्त अभिनेता मध्यका एक हुन् । तर उनि पब्लिसिटीमा त्यति धेरै देखिदैनन् । साथै , उनलाई पब्लिसिटीमा समय नदिने कलाकार भनेर केहि मेकर्सले आरोप पनि नलगाएका होइनन् । आखिर किन दया पब्लिसिटीमा टाढीन्छन् त ? दया भन्छन् ‘आफ्नो कामको आफैले बयान गर्ने कुरा मलाइ निकै गाह्रो लाग्छ’ उनि थप्छन् ‘कामको प्रतिक्रिया लिएर बहस गर्न सकिन्छ तर आफ्नो कामको एकोहोरो बखान गर्नु राम्रो होइन ।’ साथै उनले आफैले अभिनय गरेको केहि फिल्ममा त बोल्ने म्याटर समेत नपाउने गरेको बताए । ‘आफुले गरेको हरेक काम राम्रो हुदैन त्यसैले दर्शकलाई केवल आफूसँग गरेको काम राम्रो छ मात्र भन्नु हुदैन’ दया भन्छन् ‘झुट दर्शकसँग लुक्दैन , त्यसैले ढाट्नु हुदैन ।’

बोल्ने विषय नहुदा आफुलाई प्रमोसन मन नपरेको उनले बताए । तर उनि दर्शक समक्ष भने पुग्नेमा दुइ मत राख्दैनन् । ‘दर्शकसँग पुग्दा कन्टेन होस् र त्यसमा तर्क वितर्क गर्न पाइयोस’ दया भन्छन् ‘अब दर्शकलाई कन्टेन चाहिएको छ नकी बखान ।’ एक्टरले काममै विश्वास राख्नु पर्छ भन्ने सोच्ने दया निकट भविष्यमै फिल्म निर्देशन गर्ने सोचमा छन् । नाटक निर्देशन गरिसकेका दयाले फिल्म कहिले निर्देशन गर्छन् ? यो भने पर्खाइकै विषय रहेको छ । (फिल्मी नेपाल युट्युब च्यानलमा गरिएको कुराकानीमा आधारित)

कमेन्ट गर्नुहोस्