ओजस्वी र पुस्कर बने विजेता

फेशन । प्लानेट मल्टिमिडिया इन्टरनेशनलले काठमाडौंमा आयोजना गरेको प्रदेश नम्बर ३ स्तरिय ‘मिस एण्ड मिस टुरिजम एण्ड कल्चर यूनिभर्स नेपाल–२०१९’ को उपाधि ओजस्वी श्रेष्ठ तथा पुस्कर अधिकारीले जितेका छन् । राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा अंकिता थापा तथा कोमल कुव“रले फस्ट रनर्स अप तथा रोजिता श्रेष्ठ तथा पृथ्वी मल्लले सेकेण्ड रनर्स अपको उपाधि जितेका छन् ।

उक्त प्रतियोगितामा १८ जना प्रतियोगिले सहभागिता जनाएका थिए । प्रतियोगिताका मुख्य विजेताले यही वर्षको अप्रिल महिनामा सम्पन्न हुने राष्ट्रियस्तरको प्रतियोगितामा प्रतिनिधित्व गर्न पाउने आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा सोनम शेर्पाले पब्लिक च्वाइस एवार्ड जित्न सफल भए । प्रतियोगिताका विजेताहरु पस्मिना रोयल नेपालले विभिन्न उपहारहरु प्रदान गरेको थियो । प्रतियोगिताको निर्णायकमा नेपाल पर्यटन बोर्डका सुमन शर्मा, फेसन डिजाइनर समीर सिंह क्ष्ँेत्री, मिस इन्टरकन्टिनेन्टल नेपाल २०१७ का विजेता वर्षा शर्मा तथा प्याराडक्स सिटीका सिईओ सगोल घले गुरुङ थिए ।

प्रतियोगिताको क्रममा प्रतिस्पर्धिहरुले आइकोनिक डिजाइनर वेयरद्वारा तयार पारिएका पहिरनहरु प्रदर्शन गरिएका थिए । राष्ट्रिय नाचघरको समेत सहकार्य रहेको उक्त प्रतियोगितालाई हिमालय टेलिभिजनले प्रसारण गरेको थियो । प्रतियोगितामा नर्दन लाइट एकेडेमी अफ एभिएसन एण्ड टेक्नोलोजी एकेडेमी पार्टनरको रुपमा रहेको छ भने फेसियल हाउस मेकअप पार्टनरको रुपमा छ ।

कमेन्ट गर्नुहोस्