प्रिमियरमा रुचाईयो ‘चित्रा’

फिल्म । आउँदो शुक्रबार अर्थात् पुस २७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘चित्रा’ को प्रिमियर सोमबार साँझ काठमाडौँमा गरियो । फिल्म क्षेत्रका परिचित अनुहारले प्रिमियर पश्चात सकारात्मक प्रतिक्रिया दिएका छन् । अभिनेत्री गौरी मल्ल, अभिनेता भुवन केसी, निर्देशक नरेश पौड्याल,अभिनेता निर्मल शर्मा, लेखक प्रदिप भारद्वाज, निर्मात्री शर्मिला पाण्डे, निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, नवल नेपाल, निर्देशक तथा अभिनेता सुरज पाण्डे, कलाकार नरेन खड्का, रोहित रुम्बा लगायत उपस्थित थिए ।

अभिनेता केसीले डेब्यु अभिनेता सन्तोष केसीले डेब्यु फिल्ममा राम्रो काम गरेको भन्दै प्रसंशा गरे । ‘सन्तोष नयाँ जस्तो लागेन, उ पूर्ण रुपमा तयार भएर आएका छन् । अन्य अब प्रमोदको तारिफ त के गरौँ । राम्रो र रमाइलो फिल्म बनेको छ’, अभिनेता केसीले भने ।

अभिनेत्री मल्लले फिल्ममा छोरीको भूमिकामा देखिएका आयुशी ढकाल र सिम्रन खड्काको अभिनयबाट प्रभावित भएको बताउदै कथाको तारिफ गरिन् । निर्देशक निरौला र पौड्यालले पनि कथा र फिल्मको तारिफ गरे ।

पारिवारिक कथा पेस गर्ने यो फिल्ममा डेब्यू अभिनेता सन्तोषसँगै प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रदान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको पनि अभिनय छ ।

आशिष थापा मगर निर्माता रहेको फिल्मका कार्यकारी निर्माता अभिनेता अधिकारी हुन् । यसमा अजय अधिकारीको कथा, मनिष गौतमको पटकथा, राजनराज शिवाकोटीको सङ्गीत, महेश पौडेलको छायाँकन, शैलेश श्रेष्ठको पार्श्व सङ्गीत, बनिश शाह र सन्देश शाहको सम्पादन रहेको छ । सन्तोष अधिकारी फिल्म्सको ब्यानर तथा अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको फिल्मको वितरण श्री कृष्ण फिल्म्सले गर्दैछ । यसको अष्ट्रेलिया प्रदर्शक भने अविनास रोकामगर हुन् ।

कमेन्ट गर्नुहोस्