सुहाना बनिन् ‘कृष्ण भक्त’ (भिडियो)

3K Shares

फिल्म । ‘ए मेरो हजुर ३’ गत वर्ष प्रदर्शनमा आएको फिल्म मध्यको एक सफल फिल्म हो । म्युजिकल लभ स्टोरी फिल्म भएकोले यसमा गीतसंगीत धेरै नै थिए । फिल्ममा समावेश एक गीत हालै सार्वजनिक गरिएको छ । निर्देशक झरना थापा र डेब्यु गर्ल सुहाना थापा फिल्म लिएर युरोप टुरमा रहेको बेला नयाँ गीत सार्वजनिक गरिएको हो । सार्वजनिक ‘राधा कृष्ण’ बोलको गीतमा सुहाना फिचर्ड छिन् । यसै गीत मार्फत फिल्ममा सुहाना परिचित हुन्छिन् । गीतमा झैँ सुहाना कृष्ण भक्त हुन् । गीतमा प्रविशा अधिकारी र सुरज लामाको स्वर रहेको छ भने यसमा शब्द र संगीत प्रतिक पौडेलले दिएका छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने यसलाई संजय लामाले खिचेका हुन् र सम्पादक दिर्घ खड्का हुन् ।

फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । यही फिल्मको दोस्रो भागबाट उनले निर्देशनमा डेब्यू गरेकी थिइन् भने यसलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यसमा सुहानासँगै अनमोल केसी, सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दीर्घ खड्काले सम्पादन गरेका छन् ।

Facebook Comments