भारतमा अगाडी नै ‘ब्ल्याक विडो’

3 Shares

फिल्म । हलिउड अभिनेत्री स्कारलेट जोहान्सनको नयाँ फिल्म ‘ब्ल्याक विडो’ आउदै छ । मार्भल स्टुडियो निर्मित सुपरहिरोको फिल्ममा ‘क्याप्टेन अमेरिका’ सिरिजमा देखिदै आएकी स्कारलेटको फिल्मलाई अमेरिकाभन्दा पहिले भारतमा दर्शकले हेर्न पाउने भएका छन् । ‘एभेन्जर्स’बाट चर्चित पात्र ब्ल्याक विडोको कथामा आधारित फिल्म आगामी अप्रिल ३० मा भारतमा रिलिज हुने भएको हो । फिल्म अंग्रेजी, हिन्दी, तमिल, तेलेगु, मलयम र कन्नड गरी भारतमा ६ भाषामा रिलिज हुँदैछ । ‘एभेन्जर्स’ को व्यपारलाई मध्यनजर यसको रिलिज भारतमा अगाडी नै गर्न लगिएको हो ।

नताशा रोमानोफ जासुस, व्यवसायिक हत्यारा र एभेन्जर भइसकेकी छन् । र, पनि उनको पात्र रहस्यमयी छ। फ्यानहरू उनको कथा जान्न चाहन्छन् । उनको मात्र कथा आएको छैन । भारतीय फ्यानले अमेरिकाभन्दा पहिल्यै उनको कथा थाहा पाउनेछन् । ‘ब्ल्याक विडो’मा नताशा रोमानोफको विगतबारे देखाइएको छ । यो फिल्म ‘एभेन्जर्सः एन्डगेम’पछि मार्भलको नयाँ काम हो । ‘आइरन म्यान’ अर्थात् रोबर्ट डाउनी जुनियर र अरू सुपरहिरो पनि ‘ब्ल्याक विडो’मा देखिने बताइएको छ । जसले गर्दा एभेन्जर्स सिरिजका फ्यान झनै उत्साहित छन् ।

कमेन्ट गर्नुहोस्