खुल्यो कंगनाको अफिस

फिल्म । लकडाउनकै बीच बलिउड अभिनेत्री कंगना रनावतले नयाँ कार्यालय खोल्ने जमर्को गरेकी छन् । अभिनेत्री कंगनाले हालै मुम्बईको पाली हिलमा आफ्नो प्रोडक्सन हाउस खोलेकी छन् । यसबाट उनले फिल्मसमेत निर्माण गर्ने भएकी छन् । प्रोडक्सन हाउसलाई उनले अफिस कम र स्टुडियो बढी बनाएकी छन् ।

कंगनाको नयाँ प्रोडक्सन हाउसको तस्बिरहरु सामाजिक सञ्जालमार्फत बाहिर आएका छन् । प्रोडक्सन हाउसको नाम मणिकर्णिका फिल्मस् राखिएको छ। कंगनाले आफ्नो फिल्म ‘मणिकर्णिका: द क्विन अफ झाँसी’ बाट प्रेरित भएर कार्यालयको नाम मणिकर्णिका फिल्मस् राखेकी हुन्। कंगनाको यो कार्यालय सेलिब्रेटी डिजाइनर शवनम गुप्ताले तयार पारेकी हुन्। (एजेन्सी)

कमेन्ट गर्नुहोस्