बालेनद्वारा केन्द्रीय चलचित्र जाँच समितिलाई पत्राचार

फिल्म । केन्द्रीय चलचित्र जाँच समितिलाई पत्राचार गर्दै काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहले नेपालको मौलिकता, धर्म, संस्कृति, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउन आग्रह गरेका छन् । समितिका अध्यक्षलाई चारबुँदे सुझावसहित प्रमुख शाहद्वारा लिखित पत्रमा पञ्चशील सिद्धान्त, शान्ति प्रवर्द्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो भनिएको चलचित्रमार्फत गलत संदेश प्रभाव हुने भएकाले त्यस्त किसिमका चलचित्रलाई प्रसारणमा रोक लगाउन आग्रह गरिएको छ ।

समितिले हालै चलचित्र (निर्माण, प्रदर्शन र वितरण) ऐन २०२६ को दफा ७ को उपदफा (३) बमोजिम कार्यन्वयनमा ल्याएको कार्यविधि–२०७४ को दफा ४ को उपदफा (१) लाई पुर्णरुपमा कार्यन्वयनमा ल्याउन प्रमुख शाहले पत्राचार गर्दै आग्रह गरेका हुन् ।

‘चलचित्रले समाजमा सकारात्मक प्रभाव पार्ने भएकाले महानगरले निर्माण तथा प्रदर्शनमा साथ् रहने छ । प्रतिबन्धित दृश्य तथा संवादसहितको चलचित्र प्रदर्शनमा आए महानगरले प्रचलित कानून बमोजिम आवश्यक कदम चल्ने छ’, प्रमुख शाहद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

कुनै पनि जातजाति, वर्ण, समुदाय, लिङ्ग तथा शारीरिक, मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद (हेट स्पिच)मा रोक लगाउन समेत पत्रमा सुझाव दिइएको छ ।

कमेन्ट गर्नुहोस्