इन्फा अवार्ड २०८१: उत्कृष्ट पाँचको मनोनयनमा को को परे ?

फिल्म । नेपाली फिल्म उद्योगको विकास र अन्तर्राष्ट्रिय बजार विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०८१ (इन्फा अवार्ड २०२५, लण्डन) को मनोनयन सार्वजनिक गरिएको छ । बेलायतको लण्डनमा आगामी भदौ २८ गते भव्य समारोहका साथ अवार्ड आयोजना हुँदैछ । इन्फा इभेन्ट्स युके लि. र इन्फा नेपाल लि. को संयुक्त आयोजनामा यो अवार्ड सम्पन्न हुनेछ ।

जुरी संयोजक गौरी मल्ल र सदस्यहरू रमेश बुढाथोकी तथा करुण थापाले २०२४ को असार १४ (जुन २८) पछि प्रदर्शनमा आएका फिल्महरूबाट उत्कृष्ट पाँचको मनोनयन छनोट गरेका छन् । आयोजकले १७ विधामा सार्वजनिक गरेको मनोनयन निम्नानुसार छ ।

१. उत्कृष्ट फिल्म

अञ्जिला – मुन लभ इन्टरटेन्मेन्ट प्रा.लि.

छक्का पञ्जा ५ – आमा सरस्वती मुभिज

कार्साङ – यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्स

पूर्ण बहादुरको सारङ्गी – सेभेन सिज सिनेमा

तेल भिसा – वेल डन क्रियसन

२. उत्कृष्ट निर्देशक

मिलन चाम्स – अञ्जिला

दीपाश्री निरौला – छक्का पञ्जा ५

यम शेर्पा – कार्साङ

सरोज पौडेल – पूर्ण बहादुरको सारङ्गी

शङ्कर घिमिरे – तेल भिसा

३. उत्कृष्ट अभिनेता

दयाहाङ राई – कार्साङ

दीपकराज गिरी – छक्का पञ्जा ५

जीतु नेपाल – ज्वाइँ साब

प्रदीप खड्का – पिताम्बर

विजय बराल – पूर्ण बहादुरको सारङ्गी

४. उत्कृष्ट अभिनेत्री

स्वस्तिमा खड्का – बेहुली फ्रम मेघौली

वर्षा सिवाकोटी – छक्का पञ्जा ५

नीता ढुङ्गाना – ह्रस्व दीर्घ

उपासना सिंह ठकुरी – खुस्मा

मलिका महत – सतिदेवी

५. उत्कृष्ट पटकथा

प्रदीप भारद्वाज, यम थापा र गिरिराज घिमिरे – अञ्जिला

दीपकराज गिरी – छक्का पञ्जा ५

यम शेर्पा – कार्साङ

विवेक महर्जन र दीर्घ धामी – आउटल: दफा २१९

महेश दवाडी – पूर्ण बहादुरको सारङ्गी

६. उत्कृष्ट सम्पादक

मिलन श्रेष्ठ – अञ्जिला

विपिन मल्ल – छक्का पञ्जा ५

साहिल खान – आउटल: दफा २१९

बन्दे प्रसाद – पिताम्बर

सुरेन्द्र पौडेल – पूर्ण बहादुरको सारङ्गी

७. उत्कृष्ट छायाँकार

नरेन्द्र मैनाली – एक्टर टेक १

हरि हुमागाईं – छक्का पञ्जा ५

पुरुषोत्तम प्रधान – कार्साङ

दीपक बज्राचार्य – खुस्मा

पुरुषोत्तम प्रधान – पिताम्बर

८. उत्कृष्ट खलनायक

दिव्य देव – एक्टर टेक वान

प्रमोद अग्रहरि – पिताम्बर

सुमन भण्डारी – आउटल: दफा २१९

कविराज भाम – द्रौपदी

नाजिर हुसेन – देवी

९. उत्कृष्ट सह-अभिनेता

केदार घिमिरे – छक्का पञ्जा ५

कामेश्वर चौरासिया – रेशम फिलिली

जीतु नेपाल – कार्साङ

सौगात मल्ल – पिताम्बर

मुकुन भुसाल – पूर्ण बहादुरको सारङ्गी

१०. उत्कृष्ट सह-अभिनेत्री

श्रृजना सुब्बा – अञ्जिला

दिया मास्के – कार्साङ

सुरक्षा पन्त – पिताम्बर

सीता तिमल्सिना घिमिरे – सानो संसार

ऋचा घिमिरे – तेल भिसा

११. उत्कृष्ट नव-अभिनेता

प्रिन्स थापा – एक्टर

विवेक कर्माचार्य – वर एण्ड वधु

रवि ओड – द्रौपदी

पारस बम ठकुरी – होस्टेल ३

उत्पल झा – सारङ

१२. उत्कृष्ट नव-अभिनेत्री

दिव्या रायमाझी – एक्टर टेक वान

अञ्जिला तुम्बापो सुब्बा – एञ्जिला

सिम्रन खड्का – बेहुली फ्रम मेघौली

श्रृजना निङलेखु – कार्साङ

शिक्षा संग्रौला – आउटल: दफा २१९

१३. उत्कृष्ट द्वन्द्व निर्देशक

राजु तामाङ – ह्रस्व दीर्घ

चुल्ठे काजी – आउटल: दफा २१९

हिमाल केसी – पिताम्बर

श्री श्रेष्ठ – रावायण

सम्राट बस्नेत – ताण्डवम्

१४. उत्कृष्ट नृत्य निर्देशक

सुनिल क्षेत्री र गम्भीर बिष्ट – छक्का पञ्जा ५

प्रदीप लामा – फेरि रेशम फिलिली

सुष्मा सुनाम – ह्रस्व दीर्घ (उठेर नाचिस्यो)

गम्भीर बिष्ट – ज्वाइँ साब (कसम बत्तीको)

सुरेन्द्र राई, सुसन तामाङ, र शेखर घर्ती मगर – खुस्मा (रुकुम मैकोट)

कविराज गहतराज – पिताम्बर (म त फ्यान भएँ यार)

१५. उत्कृष्ट पाश्र्व गायक

प्रताप दास – तिमीसँग (वर एण्ड वधु)

विकास लिम्बु – तिमीले माया नमारे (ह्रस्व दीर्घ)

एसडी योगी – रुकुम मैकोट (खुस्मा)

सुरज पण्डित – च्यातिएको चोली (लाज शरणम्)

आशिष अविरल – रैया चाँदीको (पूर्ण बहादुरको सारङ्गी)

१६. उत्कृष्ट पाश्र्व गायिका

शान्ती श्री परियार – रुकुम मैकोट (खुस्मा)

अन्जु पन्त – तिमीसँग (वर एण्ड वधु)

अस्मिता अधिकारी – यो माया बनाउने को हो (छक्का पञ्जा ५)

मेलिना राई – रैया चाँदीको (पूर्ण बहादुरको सारङ्गी)

इन्द्रकला राई – उडायो मन (बेहुली फ्रम मेघौली)

१७. उत्कृष्ट सङ्गीतकार

थानेश्वर गौतम – रात किन हुन्छ हजुर (अञ्जिला)

अर्जुन पोखरेल – तिमीसँग (वर एण्ड वधु)

एसडी योगी – रुकुम मैकोट (खुस्मा)

बसन्त उदास – च्यातिएको चोली (लाज शरणम्)

आशिष अविरल – रैया चाँदीको (पूर्ण बहादुरको सारङ्गी)

यसबाहेक, लाइफटाइम अचिभमेन्ट अवार्ड, जुरी अवार्ड, पपुलर अवार्ड, पर्फमर अफ दि इयर, र पब्लिक च्वाइस अवार्डसहित कुल २२ विधामा अवार्ड प्रदान गरिने अवार्ड संयोजक मनिष कार्कीले बताए । उनले इन्फा अवार्ड २०८१ लाई निष्पक्ष र प्रतिष्ठित बनाउन आयोजक प्रतिबद्ध रहेको उल्लेख गरे ।

गत वर्ष भदौ २८ (सेप्टेम्बर १४) मा लण्डनमा सम्पन्न भएको इन्फा अवार्डको दोस्रो संस्करणको निरन्तरतामा यो वर्ष पनि सेप्टेम्बर १३ मा लण्डनको ग्रिनफोर्ड हलमा अवार्ड समारोह आयोजना हुनेछ । समारोहमा नेपालबाट चर्चित कलाकारहरूको उपस्थिति रहनेछ । युके कमिटीमा उमेश मोक्तान, टङ्क भट्टराई, राज पाण्डे र आशिष पन्त छन् भने नेपालतर्फ सुनिल श्रेष्ठ, मनोज केसी, पाल्देन लामा र मनिष कार्की छन् ।

कमेन्ट गर्नुहोस्