रुचाइयो ‘लभ डायरीज’

फिल्म । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) को कारण देश लकडाउनमा रहेका बेला मनोरंजनको माध्यम डिजिटल प्लेटफर्म बनेका छन् । यसले गर्दा पनि दर्शकलाइ मध्यनजर गर्दै गत फागुनमा रिलिज भएको फिल्म ‘लभ डायरीज’ युट्युबमा रिलिज गरियो । हलमा रिलिज भएको २ महिना नबित्दै युट्युबमा रिलिज गरिएको फिल्मलाई दर्शकले रुचाएका छन् ।

दर्शकलाई नयाँ वर्षमा मनोरंजनको लागि फिल्मलाई युट्युबमा ल्याइएको निर्देशक सौरभ चौधरीले बताए । ‘हाम्रो बाहिरको शो रद्द भएपछि लकडाउनमा रहेका दर्शकलाई लक्षित गरेर फिल्म युट्युबमा हालेका हौँ’ निर्देशक चौधरीले बताए । रिलिज भएको दुई दिनमै युट्युब ट्रेण्डिङको शिर्ष स्थानमा उक्लिएको फिल्मले दर्शक प्रतिक्रिया पनि राम्रो बटुलेको छ ।

दर्शकले निर्देशक सौरभ चौधरी र नव-नायिका रुविना थापाको प्रशंसा गरेका छन् । मुख्य अभिनेता सुशिल श्रेष्ठको लुक्स र अभिनयले पनि दर्शकको मन जितेको छ । सौरभ चौधरी निर्देशित प्रेमकथानक यस फिल्ममा सुशील श्रेष्ठसँग डेब्यु गर्ल रुबिना थापाले जोडी बाँधेकी छन् । फिल्ममा विश्वजित रिमालको पनि मुख्य भूमिका छ । फिल्मका दुइ मुख्य पात्र सुशील र रुबिना बीचको प्रेम, रोमान्स र विछोडलाई फिल्ममा देखाइएको छ । विनोद सापकोटाले निर्माण गरेको फिल्ममा कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् । शाहील खान एसोसिएट निर्देशक रहेको फिल्ममा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन, अर्जुन पोखरेलले संगीत रहेको छ ।

कमेन्ट गर्नुहोस्