फिल्म । डान्स र एक्सनमा अगाडी नाम आउने दुई बलिउड एक्टर ऋतिक रोशन र टाइगर श्राफलाई सँगै देख्ने फ्यानको चाहना अब केहि समय मात्र बाकि छ । यी दुईलाई लिएर निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्मको नाम ‘वार’ राखिएको छ भने यसलाई दर्शकले आउँदो अक्टुबर २ मा हेर्न पाउने छन् । यशराज फिल्म्सको ब्यानरमा निर्माण भईरहेको फिल्मको टिजर सार्वजनिक गरिएको छ ।
जहाँ ऋतिक र टाइगरको वारसँगै एक्सन देखाइएको छ भने लिड एक्ट्रेस वानी कपूर ग्लामर अवतारमा छिन् । गत सेप्टेम्बरबाट छायाँकन प्रारम्भ गरेको फिल्मले ६ देशको रमणीय दृश्यमा छायाँकन भएको छ । सार्वजनिक ट्रेलरले फिल्मको हाइप बढाउन सफल भएको छ । सिद्धार्थले सन् २००५ मा सलाम नमस्ते मार्फत निर्देशकको रुपमा डेब्यु गरेका थिए ।
त्यसपछी उनले तारारमपम , बचना ए हसिनो , अन्जाना अन्जानी , ब्याङ ब्याङ जस्ता फिल्म निर्देशन गरिसकेका छन् । ऋतिकसँग उनले पछिल्लो फिल्ममा काम गरेका थिए । ऋतिक र टाइगरलाई एक अर्काको कपि मानिन्छ , त्यसैले यी दुईलाई फ्यान एकसाथ हेर्न चाहन्छन । (एजेन्सी)